निर्वाचनको मिति नजिकिएसंगै दलका उम्मेदवारहरु चुनावी अभियानको दौडधुपमा छन् । मतदातालाई प्रभावकारी योजनाको आश्वासन देखाएर मत आफ्नो पक्षमा पार्ने प्रयास भइरहेको छ । मतदाताको घरदैलोमा मत माग्न पुगेका जनता समाजवादी पार्टी संखुवासभा प्रतिनिधिसभाका उम्मेदवार दिपक याख्खा भने मतदातालाई सचेतना दिइरहेका छन् ।
आफु उममेदवार भएर पनि मत आफुमा पार्ने भन्दा पनि यसअघि नेतृत्वमा पुगेकाहरुको कार्यकाललाई समिक्षा गर्न उनी मतदाता समक्ष सुझाइरहेका छन् । उनले एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुराना अनुहारलाई भोट हालेर खेर नफाल्न मतदातालाई सुझाव दिएका छन् । यस अघि पटकपटक नेतृत्व गरेका उनीहरुले संखुवासभालाई समृद्धीको नारा दिएर मतदातालाई झुक्याएको बताए । उनीहरुको नेतृत्वका कारण संखुवासभाको विकासले गतिलिन नसकेको बताए ।
उनीहरु विकास नगरी जनतालाई कसरी झुक्याएर चुनाव जित्न सकिन्छ र पाँच वर्ष नेतृत्व गर्न सकिन्छ भन्ने दाउमा छन् । यहीँँ प्रवृत्तिका कारण चुनाव हार्ने डरले ठूला दलहरु कोही गठबन्धन गरिरहेका छन् । त्यसको विरोधमा छौं हामी, उनले भने । लोकतन्त्रमा खुला मनशायले प्रतिस्पर्धा गर्ने हो, तर उनीहरु जनतासँग डराएका छन् । त्यसैले यो भ्रममा नपर्नुहोलाकी, यहाँबाट दिपक खड्काले जितेर जाँदैमा अथवा राजेन्द्र गौतमले जितेर जाँदैमा विकास हुन्छ, समृद्धी हुन्छ, जनताको जीवन स्तर उक्सिन्छ । युवाहरुलाई रोजगारी श्रजना हुन्छ, महिला समावेशीता र समानता हुन्छ । तर हुनेनै थियो भने यस अघी उनीहरुले किन गरेनन् त ?
त्यसैले फेरि पनि उनीहरुले नै विकास गर्छन् भनेर भोट नदिनुस्, नझुक्किनुहोस् । यो पटक हाम्रो जित सुनिष्चित छ । त्यस कारण पनि पुरानालाई मत दिएर तपाईको अमुल्य मत खेर नफाल्नुस् ।