मतदान नजिकिदै गर्दा गठबन्धन स्पष्ट बहुमत नजिक

संखुवासभा । निर्वाचनको मिति नजिकिएसंगै संखुवासभाका मतदाताहरु मतदान गर्न आतुर भएका छन् । गठबन्धन दलको तर्फबाट प्रतिनिधिसभाका साझा उम्मेदवार दीपक खड्का, प्रदेशसभा क तर्फ राजेन्द्र कार्की र प्रदेशसभा ख तर्फ सरिता थापा खड्कालाई मत दिन मतदाताहरु हौसिएका छन् ।

दुई पटक नेतृत्व गरिसकेका दिपक र सरिताको यस अघि संखुवासभा विकासका लागि योगदान र राजेन्द्र कार्कीको राजनैतिक नेतृत्वसहित विश्वसनीयता साथै नयाँ उम्मेद्धारका रुपमा विजयी गराउन मतदाताहरु हतारिएका छन् । गाउँगाउँसम्म चुनावी अभियानमा पुगेका गठबन्धन दलका उम्मेद्धारको पक्षमा मतदाताको आकर्षण बढेपछी एकपछी अर्को गर्दै मतदाताहरु गठबन्धनका उम्मेदारलाई मत दिने अन्तिम निष्कर्षमा पुगेका हुन् ।

यसअघि ०७४ को निर्वाचनमा दिपक खड्काको हारका कारण यस अवधीमा जिल्लाबासीले विकासको अनुभुति गर्न नपाएपछि निरास बनेका मतदाता मतदान गर्ने दिनको पर्खाइमा रहेको पाँचखपन नगरपालिका १ का गंगा बहादुर मोत्तानले बताए । उनी भन्छन्, राजेन्द्र गौतमले जितेर गएर के ग¥यो खै ? चैनपुर–बाह्रबिसे सडक कालोपत्रे गर्छु, भनेर भोट जित्यो, अहिले फेरी पँच वर्षपछी यहीँ सडकलाई कालोपत्रे गर्छु भनेर भोट मागेर हिँदैछन् । कम्तीमा दिपक खड्काले जितेको भए यो बाटो त बन्थ्यो उनले भने ।

पटकपटक मतदातालाई झुक्याएका गौतम यो पटक हार्ने निश्चित देखिएको छ । यता प्रदेशसभा कमा भविश्वर गुरुङ र प्रदेशसभा खमा विदुर कुमार लिंथेप पनि गौतम कै शैलीमा मतदातालाई झुठो आश्वासन दिएर झुक्याइरहेका छन् ।

विगतको चुनावको नतिजा र स्थानीय तह चुनावमा पाएको मतलाई आधार मान्दा यो पटक स्पष्ट बहुमतकासाथ गठबन्धनका उम्मेदवारले जित्ने पक्का भएको छ ।

०७० को निर्वाचनमा दिपक खड्का ११ हजार ५५२ मत ल्याएर निर्वाचित भएका थिए । त्यतिबेला एमालेका राजेन्द्र गौतमले १० हजार ९ सय ७३ प्राप्त गरेका थिए । माओवादीका राजेन्द्र किरातीले ४ हजार २९३ मत पाएका थिए । किरातीले प्राप्त गरेको माओवादीको मत समेत अहिले गठबन्धनका कारण गठबन्धनकै उम्मेदवारलाई प्राप्त हुँदैछ । अर्थात २०७४ मा एमालेलाई साथ दिएको माओवादी यसपटक कांग्रेस, समाजवादी र माओवादी एकै ठाउँमा उभिएको छ । ०७४ मा जितेको एमाले समेत फुटेर नेकपा एकीकृत समाजवादी भएपछी गठबन्धनमा सामेल भएको छ ।

गत वैशाखमा भएको स्थानीय तह चुनावमा वडाध्यक्षमा पाएको मतलाई आधार मान्दा संखुवासभामा एमाले अघि थियो । एमालेले वडाध्यक्षमा ३२ हजार ९११ मत पाएको थियो ।

तर गठबन्धनमा आवद्ध दलको मत जोड्ने हो भने गठबन्धन बहुमतले अघि छ । कांग्रेसको ३० हजार ८४९, माओवादीको ७ हजार १२२ र एकीकृत समाजवादीको १ हजार १०१ मत छ । यो सबै मत जोड्दा गठबन्धनको पक्षमा ३९ हजार ७२ मत हुन्छ । जसका कारण ६ हजार १ सय ६१ मतले गठबन्धनका उम्मेदवारहरु अघि छन् । यस बाहेक एमालेको मनोवृत्तिका कारण गठबन्धनको विश्वसनीय उम्मेदारलाई मतदाताहरुले बहुमतका साथ विजयी गराउन होमिएका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search