निर्वाचन आचारसंहिता उल्लंघन गर्ने संखुवासभाका १७ कर्मचारीलाई कारबाहि

संखुवासभा । संखुवासभामा हालसम्म निर्वाचन आचारसंहिता उल्लंघनमा १७ जनालाई कारवाहि गरिएको छ ।

जसमध्ये मतदान अधिकृत ६ र सहायक कर्मचारीहरु ११ जना रहेको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समिती संयोजक भोजराज पौडेलले जानकारी दिए ।

उनका अनुसार, कारबाही पर्नेहरुमा एक जना निजामति कर्मचारी रहेका छन् भने बाँकी सवै शिक्षकहरु हुन् । उनीहरुलाई निर्वाचन आचारसंहिता विपरित कार्य गरेकोले जिम्मेवारीबाट हटाईएको हो । उनीहरुको नाम गोप्य राखिएको छ ।

यो संगै अन्य ३० भन्दा बढि उल्लंघनका उजुरीहरु परेको छ । जसमा स्पष्टिकरण लगायतका प्रकृयाहरु भईरहेको संयोजक पौडेलले बताए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search