आइपास नेपालले यौन तथा सुरक्षित गर्भपतन सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । नागरिक समाज, सरोकारवालाहरुसंग यौन तथा प्रजनन् स्वास्थ्य अधिकार, लैंङ्गिक हिंसा, सुरक्षित गर्भपतन सेवा प्रजनन् अधिकारको सुनिश्चितताको लागि संखुवासभाको खाँदबारीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला समन्वय समितिका उपप्रमुख बविता खत्री लगायत जिल्लाका सरोकारवाला निकायका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमले प्रजनन् स्वास्थ्य, सुरक्षित गर्भपतन महिलाको प्रजनन् अधिकार हो भन्ने सुनिश्चितता गर्ने, हिंसाले परिवार, समाज र समुदायमा महिलाको अधिकारका बारेमा जानकारी वकालत गर्ने, जिललाका दुर्गम क्षेत्रहरुमा कार्यक्रम सम्बन्धी प्रचारप्रसार गर्ने, सबै स्वास्थ्य संस्थाहरुमा परिवार योजना सेवा सञ्चालन गर्न जिल्ला अस्पताल संखुवासभालाई तालिम केन्द्रको रुपमा विकास गर्न पहल गर्ने लगायतको निर्णय भएको कार्यक्रम अधिकृत कमानसिं राईले बताउनु भयो ।