अप्परअरुण आयोजना प्रभावितलाई ७ देखि १५ लाखसम्म मुआब्जा

१०६१ मेगावट क्षमताको अप्पर अरुण जलविद्युत् आयोजना संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुँदैछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो ।

सरकारले नै गेम चेन्जर नाम दिएको यो आयोजनाले दुई हजार ५०० रोपनी जग्गा अधिग्रहण गर्नेछ । आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोला गाविसको जग्गाको मुआब्जा दरसमेत निर्धारण गरिसकेको छ ।

जसमध्ये कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख, हटिया ८, ९ र चेपुवा १ को अलँैंची बाली सहितको जग्गा प्रतिरोपनी नौ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९ पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी सात लाख कायम गरिएको छ । कोशी राजमार्गले छोएको सडक छेउको जग्गा, घर र घडेरी भएको साथै संरचना नै भत्काउनु पर्ने खालका स्थानलाई प्रति रोपनी १५ लाख रुपैंया तोकिएको मुआब्जा निर्धारण समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले जानकारी दिनु भयो । वहाँका अनुसार त्यस किसिमका जग्गा करिब १२ जनाको रहेको बताउनु भयो ।

२०७९ साउन २६ गते मुआब्जा निर्धारण समितिको बैठकले जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण गरेको हो । उक्त जलविद्युत् आयोजनाको अनुमानित लागत दुई खर्ब भन्दा बढि छ । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ ।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search