१२ बुदे धर्मदेवी घोषणा पत्र जारी गर्दै पत्रकार महासंघ संखुवासभाको साधारणसभा सम्पन्न

नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धर्मदेवी नगरपालिकाको मुढेमा आयोजित साधारण सभाले १२ बुदे धर्मदेवी घोषणा पत्र जारी गरेको छ ।

घोषणा पत्रको पुर्ण पाठ……

नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको ११ औं वार्षिक साधारणसभा ऐतिहासिक स्थल धर्मदेवी नगरपालिकाको मुढे बजारमा “धर्मदेविः विकास र पर्यटन, प्रचारप्रसारमा प्रबद्र्धन” भन्ने नाराकासाथ आज मिति २०७९ मंसिर २९ गते बिहिबार यस शाखाका अध्यक्ष इन्द्र गिरीको सभापतित्व तथा मा. विदुर कुमार लिंथेपको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । पत्रकारहरुको हकहित साथै धर्मदेवी नगरपालिका सहित जिल्लाका १० वटै स्थानीय तहहरुको विकास तथा समृद्धीको प्रचारप्रसार गर्ने प्रतिबद्धतासहित १२ बुदे धर्मदेवी घोषणापत्र जारी गर्दछ ।

१. जिल्लामा सञ्चालित संचार संस्था, मिडिया हाउस र ती संस्थामा कार्यरत सञ्चारकर्मीहरुको बृत्ती विकासको लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार समक्ष आग्रह गर्ने ।

२. “नेपालको पानी–जनताको लगानी” नारालाई मुर्तरुप दिन जिल्लाका १० ओटै पालिकाका जनतालाई सञ्चालक सेयर उपलब्ध गराउन सम्बन्धीत पक्षहरुलाई अनुरोध गर्ने ।

३. धर्मदेवी नगरपालिकाको वडा नं. ३ मा रहेको मुढे बजार तथा आसपासका क्षेत्रहरुको अव्यवस्थित बसोबास तथा लालपुर्जा वितरण समस्या समाधानका लागि जिल्लामा क्रियाशिल राजनितिक दलहरु, निर्वाचित जनप्रतिनिधिहरु, सरोकारवाला सबैमा पहल गरिदिन आग्रह गरिन्छ ।

४. धेरै प्रजातिका माछाहरु लोपोन्मुख अवस्थामा छन्, तीनको संरक्षण गर्दै प्रबद्र्धन गर्ने उद्धेश्यका साथ जिल्ला प्रशासन कार्यालय संखुवासभालाई अनुरोध गरिएको छ ।

५. रुद्राक्ष खेती किसानको जिवीकोपार्जनको माध्यम बन्दै गएको अवस्थामा यसको अन्तराष्ट्रिय बजार र धार्मिक एवम् सांस्कृतिक महत्व दर्शाउन पत्रकार महासंघ संखुवासभाद्धारा पहल गरिने छ ।

६. धर्मदेवी मन्दिर तथा यलम्बर पार्कलाई पुरातत्वसँग जोडेर यसको संरक्षण र सम्वद्र्धन गर्न स्थानीय सरकार धर्मदेवी नगरपालिकालाई आग्रह गरिएको छ ।

७. बर, पिपल, धारा, चौतारा, कुवा, पँधेरा, मठ मन्दिरको संरक्षण र सम्वद्र्धन गर्न सबै स्थानीय तहहरुलाई आग्रह गर्ने ।

८. खाँदबारी नगरपालिकाले किसानको हितमा गरेको हाट कर खारेजीको निर्णय स्वागत योग्य रहेकाले अन्य स्थानीय तहहरुलाई पनि कृषक मैत्री कार्यका लागि अनुरोध गर्ने ।

९. जिल्लामा क्रियाशिल पत्रकारहरुका लागि क्षमता अभिवृद्धी गर्न स्थानीय सरकारले लेखनवृत्ति (फेलोशिप) का लागि अनिवार्य रकम विनियोजन गर्न जोडदार माग गर्दछौं ।

१०.पशुपालक कृषकहरुको मासुको बजारी करण र तरकारी उत्पादक किसानलाई बजार व्यवस्थापनका लागि सबै पालिकाहरुलाई अनुरोध गर्ने ।

११. नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभाको भवन निर्माणका लागि सबै तहका सरकार तथा दाताहरुसँग सहयोगको लागि जोडदार माग गर्दछ ।

१२.धर्मदेवी नगरपालिका, खाँदबारी नगरपालिका, भोटखोला गाउँपालिका, पुर्वाधार विकास कार्यालय खाँदबारी, डिभिजन वन कार्यालय संखुवासभा, जिल्लाका सम्पूर्ण सञ्चार माध्यम र पत्रकारहरुको हौसला पदान गर्नका लागि रु.१,११,१११ राशीको अक्षय कोष निर्माण गरी सहयोग प्रदान गर्ने त्रिरत्न सञ्चार गृह प्रा.लि. लगायत सहयोगि सम्पुर्णलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा संखुवासभा हार्दिक धन्यवाद ज्ञापन गर्दछ । साथै शंखरत्न पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कृत हुनु भएका पत्रकार गंगा विष्टलाई हार्दिक बधाई ज्ञापन गर्दछौं ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search