माननीय ज्यू नमस्कार साथै फेरि पनि हजुरलाई, हजुरको जीतको लागि हार्दिक बधाई एवम शुभकामना । माननीय ज्यू गत निर्वाचनको बेला म तेन्जिङ भोटिया पनि संखुवासभामा तपाईको एक प्रतिस्पर्धीको रूपमा प्रस्तुत भएको थिए, यद्यपि मत परिणाम सार्वजनिक भए पश्चात, मैले मेरो हार स्विकार्दै सार्वजनिक रूपमा नै हजुरलाई हजुरको जीतको लागि बधाई एवम शुभकामना व्यक्त गरेको कुरा सर्वविधित नै छ । चुनाव सकियो हाम्रो प्रतिस्पर्धा पनि सकियो माननीय ज्यू , अब भने हामी दुवै मिलेर आफ्नो जिल्ला र देशको विकासको लागि हातेमालो गर्नुपर्ने र एक सच्चा देशभक्तको रूपमा एक अर्काको सहयात्री बनेर काम गर्नु पर्ने कुरामा कुनै दुईमत नै छैन त्यसैले मैले मेरो तर्फबाट तपाईलाई सक्दो सहयोग गर्नेछु भन्ने कुरामा विश्वस्त गराउन चाहन्छु ।
माननीय ज्यू हामीले सुने अनुसार चुनाव पश्चात् तपाई आज फेरि धर्मसंकटमा वा अफ्ट्यारोमा पर्नु भएको छ रे । साच्चै संसदिय दलको नेता कसलाई चुन्ने भन्ने कुरा त्यति सजिलो पनि कदापि हुन्न तर तपाईले आफ्नो विवेक प्रयोग गरेर राम्रो मान्छेलाई नै चुन्नु हुनेछ भन्नेमा जिल्लावासी हामी ढुक्क पनि छौ ।
माननीय ज्यू देउवा र थापा मध्ये कसलाई चुन्ने भन्ने बारे तपाईको बुझाई पनि हाम्रो बुझाई सरह नै हो भन्ने ठानेको छौ त्यसैले अब देशको हितको लागी, परिवर्तनको लागि यसपटक सक्षम मान्छेलाई चुनेर, तपाईले तपाईलाई मतदान गर्ने मतदाताहरु र तपाईको आम कार्यकर्ताहरुको मतको कदर गरिदिनु हुनेछ भनेर हामी एकदमै खुशी छौ ।
माननीय ज्यू तपाईले संखुवासभालीहरुको त्यो हजारौं मतको कदर गर्दै यस पटक भने सहि र सक्षम नेतालाई चुनी दिनु होला । तपाईको एक मतले लाखौ जनताहरुको भविस्यमा प्रत्यक्ष असर गर्नेछ त्यसैले भोली मतदानको बेला खुट्टा नकमाई केही सम्भावना बोकेका युवा नेतालाई नै आफ्नो भोट दिनु होला, तपाईको सहि निर्णयको हामी सदैव कदर र प्रसंशा गर्नेछौ, धन्यवाद ।।
तेन्जिङ भोटिया
पुर्व:स्वतन्त्र उम्मेदवार
संखुवासभा जिल्ला