‘जुरेली’ सार्वजनिक

संखुवासभा । चर्चित रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’बाट बाहिरिएका संखुवासभाका गायक परेश राईको स्वर समेटिएको ‘जुरेली’ बोलको गीत सार्वजनिक भएको छ ।

संखुवासभाका आशा ‘अस्मी’ र परेशको स्वर रहेको गीत आज सार्वजनिक भएको हो । चर्चित संगीतकार जीवीहाङ राईको संगीत रहेको उक्त गीतको स्टुडियो भिडियो बजारमा आएको छ ।

पदम साधाना कुलुङको शब्द रहेको उक्त गीत खेवाहाङ मेवाहाङले निर्माण गरेका हुन् । पूर्वेली लवजमा तयार भएको गीत नागरिक चासो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । मेवाहाङका स्वर्गीय आमा धनकुमारी मेवाहाङ सम्झनामा सो गीत निर्माण गरिएको जनाइएको छ ।

काठमाडौस्थित एलेभल स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो जस्केलो क्रिएसनले बनाएको हो । यस गीतको संगीत संयोजन जीविहाङ राईले नै गरेका हुन् । गीतको मिक्सिङ मास्टरिङ गोविन्द सोनी र सञ्जीव मैनालीले बाँसुरी बजाएका छन् । मादल अनिल मगर र गितार तथा गितको रेकर्डिङ सुबास कुथुनी राईले गरेका हुन् । गीतको सर्वाधिकार नागरिक चासो मल्टिमिडिया प्रालिलाई रहेको छ ।

गितको भिडियो हेर्नुहोस…. https://youtu.be/uitlsUZ31AA

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search