चैनपुर । संखुवासभाको धार्मिक शक्तिपिठ सिद्धकाली मन्दिर परिसरमा पुननिर्मित गणेश मन्दिर एक समारोहका विच आइतवार मन्दिर संरक्षण संवद्र्धन समितिलाई दाताका परिवारले हस्तान्तरण गरेका छन् ।
चैनपुर नगरपालिका–३ स्थित श्री सिद्धकाली मूल मन्दिरको पित्तलको छाना सहित आकर्षक रुपमा पुननिर्मित श्री सिद्धि गणेश भगवानको मन्दिर दाता परिवारजनहरुबाट आइतवार औपचारिक रुपमा श्री सिद्धकाली मन्दिर संरक्षण संबद्र्धन समितिलाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमको प्रमुख अतिथि चैनपुर नगरपालिकाका नगरप्रमुख कृष्णकुमार तामाङले सम्बोधन गर्दै सिद्धकाली मन्दिरको महिमा बताउदै यस मन्दिरमा गरिने नित्य पूजा विधिलाई चुस्त दुरुस्त राख्न मन्दिर समितिलाई सुझाव दिए । उनले सिद्धकाली मन्दिरको वृहत्तर विकासका लागि स्थानीय सरकार चैनपुर नगरपालिका सद्धैव तयार रहेको बताउदै मन्दिर हाताको सरसफाइदेखि मालीको व्यवस्थापन गर्न चैनपुर नगरपालिका लागि पर्ने बताए ।
कार्यक्रममा चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले सतिदेवीको दाहिने आँखा पतन भएको यस प्रसिद्ध धार्मिक शक्तिपिठलाई धार्मिक पर्यटनसँग जोडेर यस क्षेत्रको विकास गर्न सकिने बताईन् ।
कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता लेखनाथ ढकाल, संखुवासभा बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष उमेशकुमार डाँगी, तत्कालीन सिद्धकाली गा।वि।स। अध्यक्ष ज्ञानबहादुर कार्की, चैनपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणप्रसाद ढकाल, सरस्वती माध्यमिक विद्यालय चैनपुरका प्रधानाध्यापक गोविन्दमान तामाङ लगायतका वक्ताहरुले सिद्धकालीको गणेश मन्दिर पुननिर्माणदाता र अक्षयकोषदाता परिवारजनको उक्त कार्यको सराहना गर्दै सिद्धकाली मन्दिरलाई देशकै धार्मिक शक्तिपिठको रुपमा चिनाउन मन्दिरको प्रचारप्रसारमा जोड दिनुपर्नेमा सुझाव दिएका थिए ।
श्रेष्ठ परिवारले सिद्धकाली मन्दिरमा परिसरमा २०५६ सालमा स्व। श्री सूर्यलाल श्रेष्ठ र उनको धर्मपत्नी सूर्यलक्ष्मी श्रेष्ठबाट निर्मित गणेश मन्दिर जीर्ण भएसँगै उनका छोरा बुहारीहरु केशव कुमाररमेनुका श्रेष्ठ, उत्तमकुमाररप्रकृति श्रेष्ठ, पुरुषोत्तमररोजी श्रेष्ठ, छोरीज्वाईहरु गंगारअरुण मालाकार, गीतारविश्वम्भर श्रेष्ठको संयुक्त लगानीमा ५० लाख माथि खर्चेर गणेश भगवानको पुननिर्माण गरि हस्तान्तरण गरिएको हो । श्रेष्ठ परिवारले सो मन्दिरको संरक्षण, संबद्र्धन, सरसफाई र पूजा व्यवस्थापनका लागि ३ लाख ३ हजार ३३३ रुपैँयाको सूर्यलाल÷सूर्यलक्ष्मी अक्षयकोष समेत स्थापना गरेका छन् ।
सो कोषको वार्षिक व्याजको ७५ प्रतिशत रकम गणेश मंन्दिरको संरक्षण, सरसफाई र वार्षिक विशेष पूजाको अवसरमा खर्च गर्ने गरी व्यवस्था मिलाइएको र कोषको २५ प्रतिशत वार्षिक व्याज मूल अक्षयकोष साँवामा गाभेर अक्षयकोष बढाउँदै लैजाने शर्त सहित दाताका परिवारको तर्फबाट केशव श्रेष्ठ र सिद्धकाली मन्दिर संरक्षण संवद्र्धन समितिबाट संस्थाका सचिव पदम अधिकारीले अक्षयकोष सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
मन्दिरको अक्षयकोषलाई मुद्धति खातामा चैनपुरस्थित कृषि विकास बैँकको शाखा कार्यालयमा जम्मा भइसकेको समेत कृषि विकास बैँकका प्रवन्धक सन्तोषजंग कार्कीले जानकारी दिए ।
यस अघि सिद्धकाली मन्दिरलाई मनमोहन श्रेष्ठले मन्दिरको वृहत्तर विकासका लागि ५ लाख ५ हजारको अक्षयकोष स्थापना गरिदिएका भने यसैगरी मन्दिरमा लफ्टन पाटीका संस्थापक परिवारजनले समेत ५ लाखको अक्षयकोष स्थापना गरिसकेको सिद्धकाली मन्दिर समितिका अध्यक्ष भरतकुमार खत्रीले बताए ।
कार्यक्रममा सिद्धकाली मन्दिर संरक्षण संवद्र्धन समितिका उपाध्यक्ष गणेशनाथ जोगीको अध्यक्षतामा भएको सो कार्यक्रमको स्वागत मन्तव्य चैनपुर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष बलबहादुर अधिकारीले गरेका थिए ।