नेपाल तेक्वान्दो संघ संखुवासभाले जिल्ला खेलकुद विकास समितीको कार्यालयमा तालाबन्दी गरेको छ । राष्ट्रिय खेलकुद परिषद नेपाल तेक्वान्दो संघलाई विघटन गरेको भन्दै आइतबार जिल्ला खेलकुद विकास समितीको कार्यालयमा ताला बन्दी गरको हो ।
नियमन र अनुगमनका नाममा राष्ट्रिय खेलकुद परिषदले देशका खेला संघहरुलाई मनपरि ढंगबाट विघटन गरी कानुनको धज्जी उडाउदै कार्यालय कब्जा गर्ने दृस्साह गरेको कारण ताला बन्दी गर्नु परेको जिल्ला तेक्वान्दो संघ संखुवासभाका अध्यक्ष लक्ष्मण लिङ्थेपले जानकारी दिए । राष्ट्रिय खेलकुद परिषदले गैरजिम्मेवार ढंगबाट नेपाल तेक्वान्दो संघ विघटन गरेका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको अध्यक्ष लिङ्थेले बताए । उता नेपाल तेक्वान्दो संघले लगाएको ताला आइतबार नै खुलाइएको छ । तेक्वान्दो संघले लगाएको ताला केही घण्टा पछि खुलाइएको जिल्ला खेलकुद विकास समितीका कार्यालय प्रमुख पूर्ण कुमार गौलीले बताए ।