संखुवासभा : २४ वर्षिय हेमराजको दुवै मृगौला फेल, उपचारमा आर्थिक अभाव

संखुवासभाको सभापोखरी गाउँपालिका वडा नं. ६ सिंचुवाका हेमराज तामाङ दुवै मृगौला फेल भएपछी थलिएका छन् । २४ वर्षका उनी हाल काठमान्डौको बिर अस्पतालमा उपचाररत छन् । तर आर्थिक अभावका कारण उनको उपचारमा समस्या भएको छ । उच्च रत्तचापका कारण ग्रसित हेमराजको केही दिन अघि मृगौला फेल भएको अस्पतालले प्रमाणित गरेको थियो । मृगौलाले काम नगरेपछी उनलाई अहिले हेमोडाइसिस गरिदै आएको छ । तर पारिवारीक आर्थिक अभावका कारण उनको उपचारमा समस्या हुँदै आएको छ । वैदेशिक रोजगारमा गएका हेमराज सोँचेजस्तो कमाई नभएपछी घर फर्किएका थिए ।

पारिवारीक स्रोतका अनुसार माइलो छोरा हेमराजलाई बचाउन आर्थिक सहयोग खोजीरहेकाछौं । देश तथा विदेशमा रहने नेपाली दाजुभाई तथा दिदीबहीनीहरुलाई सहयोग गरिदिन परिवारले अपिलसमेत गरिएको छ । उनको श्रीमतीसहित एक छोरी छिन् ।

उनको उपचारमा सहयोग गर्न चाहनु हुनेले हेमराज तामाङको नाममा रहेको ग्लोबल आइ एम ई बंैंक ३३०९०११५४१८०४ खाता नम्बरमार्फत सहयोग गर्नसक्नु हुनेछ ।

सहयोगी हातहरुका लागि
१. सन्तविर तामाङ्ग (आफन्त) ९८६२१३६९६०
२. शान्ति तामाङ्ग (दिदि) ९८२९३७६७००
३. प्रवेश तामाङ्ग (आफन्त) ९८४२३८३३८९
४. टिकाराम तामाङ्ग (काका) ९८६२२१८७६७
५. मन बहादुर तामाङ्ग (आफन्त) ९८६३५२६२३८

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search