अरुण नदीको लाभ भोजपुरले पनि पाउनुपर्छ : राष्ट्रपति भण्डारी

संखुवासभा : राष्ट्रपति विद्यादेवी भण्डारीले अरुण नदीको लाभ भोजपुरले पनि पाउनुपर्ने बताएकी छन्। बुधबार गृहजिल्ला भोजपुरको दिङ्लामा बालागुरु षडानन्दको सालिक अनावरण गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्।

भोजपुर र संखुवासभाको सीमा नदी अरुण नदीलाई आधार मानेर गरिने विकास निर्माणको लाभ आफूले पनि पाउनुपर्छ भन्ने भोजपुरवासीको मागलाई सम्बद्ध पक्षले सम्बोधन गर्नुपर्ने बताइन्।

गृहजिल्ला भोजपुरमा करिब ४ घण्टा रहेकी राष्ट्रपति भण्डारीले योगमायाको समाधिस्थलका साथै बालागुरु षडानन्दको जन्मघर र दिङ्लाबजारमा रहेको षडानन्द सीताराम गुठी समेत अवलोकन गरेकी छन्।

राष्ट्रपति भण्डारीले साल्पासिलोछो गाउँपालिका १ कुलङ्गको गौडेनीस्थित पशुपति मन्दिरमा रहेको योगमायाको सालिक समेत अनावरण गरेकी छन्। कार्यक्रममा बोल्दै राष्ट्रपति विद्यादेवी भण्डारीले योगमायाको योगदान विश्वमा नौलो र साहसिक रहेको बताइन्।

भण्डारीले उनको जन्मथलो र कर्मथलो चिनाउनका लागि योगमाया आधारभूत विद्यालय स्थापना गर्न लागिएको राष्ट्रपति भण्डारीले बताइन्।

 

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search