खाँदबारी । सङ्खुवासभाको भोटखोलामा हेलिकप्टर दुर्घटनामा परि गम्भिर घाईते भएकाहरुलाई उपचारको लागि काठ्माण्डौ पठाईएको छ ।
गम्भिर घाईते भएका पाईलट सुरेन्द्र पाण्डे र स्थानीय भविन गुरुङलाई उपचारको लागि हेलिकप्टरबाट काठमाण्डौ लगिएको हो । पाईलट पाण्डेलाई सिम्रिक एयरको हेलिकप्टरबाट र स्थानीय गुरुङलाई नेपाली सेनाको हेलिकप्टरबाट काठ्माण्डौ लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार गुरुङ अचेत अवस्थामा हुनुहुन्छ भने पाण्डे सामान्य बोल्न सक्ने अवस्थामा हुनुहुन्छ । हेलिकप्टरमा सवार स्थानीय २ जनाको अवस्था सामान्य रहेको बताईएको छ ।
भोटखोला गाउँपालिका ५ को राप्साबाट उडेको हेलिकप्टर भोटखोला ४ नम्बरको दिदिङ्खा भन्ने स्थानमा अवतरणको क्रममा दुर्घटना भएको हो । उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना भएको प्रहरी कार्यालयले जनाएको छ । अवतरणको क्रममा हेलिकप्टरको पङ्खा भिरमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी प्रमुख डिएस्पी बिरेन्द्र गोदारले जानकारी दिनुभयो ।
दुर्घटना शुक्रबार दिउँसो १ बजेर २० मिनेटमा भएको हो ।