जनताको आवश्यकता बुुझ्न गाउँघर पुुग्दै मकालुका जनप्रतिनिधि (खबर चित्र सहित)

जनताद्धारा चुनिएका नेतृत्वकर्ताहरु जनताको आवश्यकता र जन भावनाको कदर गर्नु कर्तव्य पनि हो । कतिपय स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचनका बेला भोट माग्न गाउँ पुुग्ने बाहेक फेरी नदोहोरिने गरेको गुनासो आइरहन्छन् । तर संखुवासभाको मकालु गाउँपालिकाका जनप्रतिनिधिहरु निर्वाचनका बेला नपुुगेका दुुर्गम गाउँहरुमा जनताका समस्या र आवश्यकता बुुझ्न कै लागि गईरहेका छन् ।

त्यसैपनि मकालु गाउँपालिका संखुुवासभाको दुुर्गम पालिकाहरु मध्ये एक हो । कोशिराजमार्गले छोएको मकालु गाउँपालिका बर्खायाम लागेसंगै यातायातको असुविधा हुन थाल्दछ । मकालुको केन्द्र रहेको वडा नं. ५ नुम बजार बाहेकका अन्य वडाहरु पालिका भित्रै पनि दुुर्गम मानिन्छन् । ती दुुर्गम गाउँहरुमा गाउँपालिका अध्यक्ष, वडाअध्यक्ष, सदस्यहरु र पालिका अन्तर्गत विषयगत शाखाका प्रमुखहरु जनताका साझा समस्या बुझ्न हिँडेका छन् । आर्थिक वर्ष सकिनै लाग्दा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने योजनाहरु तयार गर्न उनीहरु गाउँ जान थालेका हुन् ।

केही दिन अघि गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, वडा नं. ४ का अध्यक्ष बाल कुमार तामाङ, वडा सदस्य गिता राई, डम्बर राई, शिक्षा शाखाका प्रमुख पुुष्प बहादुर तामाङ र स्वास्थ्य शाखाका प्रमुख छिरिङ दोर्जे भोटे लगायत राजनितिक दलका प्रतिनिधिहरुको टोली वडा नं. ४ प्रवेश गरेको थियो । उक्त टोलीले वडा नं. ४ का शिल्पट, चसुवाटार, कारमाङ र शिरुटारसमेत दुुई दिनको भ्रमण गरेको हो । गाउँपालिका अध्यक्ष शेर्पा पूर्व वडाअध्यक्षसमेत हुन् ।

गत स्थानीयतहको निर्वाचनमा निर्वाचित भएपछी उनी जनताको माग सम्बोधन गर्न र यथार्थ बुुझ्न गाउँगाउँ पुगिरहेका छन् । निर्वाचनका बेलासमेत नपुुगेका जनप्रतिनिधिको टोली शिल्पट आइपुुग्दा स्थानीय दंग परे । पहिलो पटक गाउँ आइपुगेका जनप्रतिनिहिरुलाई शिल्पटबासीले भव्य स्वागत गरे । निर्वाचनको बेला नआइपुुगेको स्थानीयको गुनासोसंगै खुुशी पनि थिए । स्थानीयलाई प्रतिक्रिया जनाउँदै अध्यक्ष शेर्पाले भने–“भोट माग्न आउँन भ्याइँन, म नआए पनि मलाई विश्वास गरेर जिताउनुु भयो, त्यसैले तपाईहरुलाई धन्यवाद दिन र तपाईहरुको समस्या बझ्न आएको । ”

शिल्पटबासीले गाउँमाथि जोखिममा रहेको ठूलो ढुंगालाई सुरक्षित गर्न, खानेपानी, झोलुङगे पुल र सरस्वति आविलाई कक्षा थप गर्न माग गरे । सरस्वति आबिमा एक जना शिक्षकको भरमा बाल कक्षा सञ्चालनमा छ । करिब २० जना विद्यार्थी संख्या रहेको सरस्वति आविका विद्यार्थी कक्षा १ मा भर्ना हुन करिब दुुई घण्टा तल चसुवाटारमा पुुग्नुु पर्ने बाद्यता छ ।

शिल्पटबासीको मागलाई सम्बोधन गर्दै अध्यक्ष शेर्पाले भने गाउँ नै जोखिममा पारिरहेको ढुंगालाई सुरक्षित गर्न र सरस्वति आबिमा सहायक शिक्षकको व्यवस्थापन आगामी आर्थिक वर्ष २०८०/०८१ मा नै गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै थप कक्षा सञ्चालनका लागि तत्काल समन्वय गर्ने र आफ्नो कार्यकाल भरिमा सम्पूर्ण माग पुरा गर्ने बताए ।

हामीसँगको कुुराकानीको क्रममा शेर्पाले भने–“गाउँको समस्या बुुझ्न गाउँ नै पुुग्नुु पर्छ । टेबुुलमा आएका कतिपय मागहरु कार्यान्वयनको पाटोमा असहज हुने र मुख्य आवश्यकता चाहीँ ओझेलमा पर्ने गरेको छ । कम्तिमा म यहाँ आएँ, मैंले देखेँ, थाहा भयोनित यहाँको आवश्यकता के हो भनेर । अनि उनीहरु पनि त खुशी भए ।”

अहिले शेर्पाको नेतृत्व विभिन्न वडाका गाउँसम्म पुगिरहेका छन् । आगामी योजनाहरुलाई प्रभावकारी बनाउन उनीहरुको यो कदम भने अन्य पालिकाका जनप्रतिनिधिहरुलाई समेत सिकाईको पाठ बनिरहेको छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search