संखुवासभाको चैनपुर नगरपालिका वडा नं. ३ का वडाअध्यक्षले सरकारी सवारी साधनमा दुग्ध ढुवानी गरेपछी प्रहरीको नियन्त्रणमा लिइएको छ । वडाअध्यक्ष बल बहादुर अधिकारीले चलाउदै आएको प्र.१०२.००१ ब ३०६८ सरकारी मोटरसाइकलमा दैनिक दुध बेच्न चैनपुर बजार ढुवानी गर्ने गरेका छन् ।
पटक–पटक स्थानीयले सम्झाउदा पनि नटेरेको भन्दै स्थानीय युवाहरुले नियन्त्रणमा लिर्इ प्रहरीलाई बुझाएको हो ।
स्थानीय एक युवाले भने – उहाँको गाउँ कै स्थानीयले दैनिक जसो वडा अध्यक्षले सरकारी मोटरसाइकलको दुरुपयोग गरि दुध बेच्न बजारसम्म ढुवानी गर्ने गरेका छन् ।