मकालु गाउँपालिका पूर्ण खोप घोषणा

संखुवासभाको मकालु गाउँपालिका पूर्ण खोप खोषणा गरिएको छ । सोमबार गाउँपालिका स्तरीय खोप समन्वय समिति मकालुको आयोजनामा मकालु गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

आयोजक समितिका सदस्य सचिव तथा मकालु गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख छिङ दोजी लामाले गाउापालिका भित्र पूर्ण खोप सञ्चालनका लागि भए गरेका गतिविधिहरु प्रतिवेदनमार्फत प्रस्तुत गरेका थिए । जन्ेदेखि १५ महिना उमेर भित्रका बालबालिकालाई खोप लगाउँन गत माघ, फागुन र चैत्र महिनामा स्वास्थ्यकर्मीहरुलाई सबै वडामा परिचालन गरिएको प्रतिवेदनमा उल्लेख छ । मकालु गाउँपालिकाका उक्त उमेर समुहका २ सय ६५ बालबालिकालाई पूर्ण खोप लगाई सकिएकाले पूर्ण खोप घोषणा गरिएको हो

कार्यक्रममा ६ ओटै वडाका स्वास्थ्य संस्थाहरुलाई सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । कार्यक्रम जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय संखुवासभा प्रमुख नारदमणी सुवेदीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा पालिका भित्रका स्वास्थ्य संस्थाका कर्मचारीहरु, महिला स्वास्थ्य स्वयमसेविका, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थिति जनाएकाहरुले आगामी वर्ष समेत पूर्ण खोप सुनिश्चितता गर्ने संकल्पकासाथ पूर्ण खोप प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search