हेवाखोला बाढीमा बेपत्ता तथा मृतकका परिवारलाई संखुवासभा समाज कतारको २ लाख बढी सहयोग

संखुवासभा । संखुवासभा समाज कतारले ​संखुवासभामा बाढी पहिरोमा मृत्यु तथा बेपत्ता भएका ५ घरपरिवारलाई आर्थिक सहयोग गरेको छ। गत असार २ गते राति पाँचखपन र चैनपुर नगरपालिकाको सिमानाबाट बग्ने हेँवा खोलामा आएको बाढीमा २२ जना मजदुर बेपत्ता भएका थिए । जसमध्ये बाढीमा पर्ने पाँचखपनका ५ परिवारलाई समाजले सहयोग उपलब्ध गराएको संखुवासभा समाज कतारका सचिव तथा कोशी प्रदेश समन्वय परिषद कतारका सचिवालय सदस्य तथा खेलकुद संयोजक
भिम बहादुर थापाले जानकारी दिए ।

संखुवासभा समाज कतारले बिहिबार बाढीमा मृत्यु तथा बेपत्ता भएका ५ परिवारलाई नगद २ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरेको हो । बाढीमा बेपत्ता तथा मृत्यु भएका पाँचखपनका दीपक मगर, सन्तोष राई, सुहाङ राई, भुवानसिंह तामाङ र चैनपुर नगरपालिका–४ का ज्ञानबहादुर लिम्बुका आफन्तलाई प्रतिपरिवार ४३ हजार रुपैयाँका दरले सहयोग रकम वितरण गरिएको सचिव थापाले बताए । वैदेशिक रोजगारका लागि कतारमा रहेका संखुवासभालीले रकम संकलन गरी पीडित परिवारलाई सहयोग गरेको हो । संकलित रकम पाँचखपन नगरपालिकाका नगर प्रमुख विपिन राई र वडाअध्यक्षहरुको रोहबरमा हस्तान्तरण गरिएको हो ।

बाढीमा परेर अझै १८ जना बेपत्ता छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ हेवाखोलामा गएको बाढी पहिरोका कारण बाढी पहिरोबाट १९ घरपरिवार विस्थापित भएका थिए ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search