प्राकृतिक श्रोत दन्द्ध रुपान्तरण केन्द्र नेपाल संखुवासभाको आयोजनामा जिल्ला सम्वाद समितीको बैठक सम्पन्न भएको छ । बुधबार प्राकृतिक श्रोत दन्द्ध रुपान्तरण केन्द्र नेपाल संखुवासभाको आयोजना तथा जिल्ला समन्वय समिती संखुवासभाको संयोजनमा जिल्ला सम्वाद समितीको बैठक सम्पन्न भएको हो ।
जिल्ला सम्वाद समितीको बैठकमा जिल्लाका १० वटै स्थानीय तहका न्यायीक समितीका प्रमुख र सरोकारवालाहरुको उपस्थित रहेको थियो । जिल्ला सम्वाद समितीको बैठकमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल संखुवासभाले संचालनमा गरेको सातौं चरण अन्तरगत जिल्लाका १० वटै स्थानीय तहमा रहेका प्रमुख सरोकार वाला विवादमा गरिएको काम तथा प्रकृयाको बारेमा विभिन्न सरोकारवालाबाट आएको धारणहरु माथि छलफल गरिएको थियो ।
बैठकले आगामी दिनहरुमा अन्य नगरपालिका र गाउँपालिकामा पनि आवश्यकता अनुसार सम्र्पक समन्वय गरी अगाडी बढ्ने निर्णय गरेको प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपाल संखुवासभाका विष्णु कार्कीले बताए । कार्यक्रम जिल्ला समन्वय समितीका प्रमुख सुमन शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो ।