मकालु गाउँपालिका वृत्तचित्र

मकालु गाउँपालिका,
विश्वको पाँचौ अग्लो शिखर मकालु हिमालको नामबाट नामाकरण गरिएको गाउँपालिका हो मकालु ।

कोशी प्रदेश अन्तर्गत् सूदूर पूर्वको संखुवासभा जिल्ला । जहाँ पाँच नगरपालिका र पाँच गाउँपालिकाहरु छन् । ती मध्ये उत्तरी भागमा अवस्थित प्राकृतिक तथा भौगोेलिक अवस्थितिको दृष्टिले विकट तर विकासको सम्भावनाले अग्रणी छ, मकालु गाउँपालिका । साविकका नुम, पाथिभरा, पावाखोला, याफु र मकालु गाउँ विकास समितिलाई समेटेर २०७३ फागुन २७ गते मकालु गाउँपालिका कायम गरिएको हो ।

भारत र चीनलाई नेपालको बाटो हुदै जोड्ने नेपालकै सबैैभन्दा छोटो स्थलमार्ग उत्तर दक्षिण राजमार्ग (कोशी करिडोर) यसै गाउँपालिकाको केन्द्र नुम बजार, गढी हुदै उत्तरी छिमेकी चीनको सीमा किमाथाङ्कासम्म पुग्दछ ।

पहाडी तथा हिमाली भुभागमा अवस्थित मकालु गाउँपालिका समुन्द्र सतहबाट ८४६३ मिटरको उचाईसम्म फैलिएको छ । गाउँपालिका २७ डिग्री १५ मिनेट देखि २७ डिग्री २२ मिनेट उत्तरी अक्षांश तथा ८७ डिग्री ४ मिनेट देखि ८७ डिग्री ३० मिनेट पूर्वी देशान्तरसम्म फैलिएको छ । यस गाउँपालिका ५१९.४५ वर्ग कि.मि क्षेत्रफलमा फौलिएको छ्, जसमध्ये कृषि क्षेत्र ५५.५ प्रतिशत, जंगल २३.७८ प्रतिशत, वस्ती क्षेत्र ६.८३ प्रतिशत, खाली जग्गा १३.६ प्रतिशत र अन्य क्षेत्र ०.२९ प्रतिशत छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search