पाँचखपन : कालिका विपन्न विद्यार्थी सहयोग कोष निर्माणका लागि सहयोग गर्न आह्वान

संखुवासभाको पाँचखपन नगरपालिका वडा नं. ९ याङ्सिजुङमा रहेको कालिका माध्यमिक विद्यालयले बृहत सांगितिक कार्यक्रम गर्ने भएको छ । विपन्न विद्यार्थीलाई अध्ययनमा सहज बनाउनका लागि सहयोग कोष निर्माण गर्ने लक्ष्यकासाथ कार्यक्रम गर्न लागिएको शिक्षक मिन कुमार आलेले बताउनु भयो । विद्यालयले कालिका विपन्न विद्यार्थी सहयोग कोष नामबाट भव्य कार्यक्रम गर्ने भएको हो ।

शुक्रबार वडा नं. ९ को कार्यालय आरुबोटे परिसरमा हुने कार्यक्रमका लागि सम्पूर्ण तयारी सकिएको शिक्षक आलेले बताउनु भयो । कोषका लागि हालसम्म साढे तीन लाख बढी रकम संकलन भइसकेको वहाँले बताउनु भयो । भोलि कार्यक्रम स्थलबाट उक्त सहयोग रकम झनै बढ्ने आँकलन विद्यालयले गरेको छ । स्थानीय, समाजसेवी र शिक्षाप्रेमी अविभावकहरुलाई कार्यक्रममा उपस्थित भई कोष निर्माणमा हातेमालो गर्न वहाँले आह्वान गर्नु भएको छ । संकलित रकमलाई मुद्धती खाता सञ्चालन गरी उक्त ब्याजदरबाट विपन्न विद्यार्थीलाई अध्ययन सामाग्रीमा खर्च गरिने बताइएको छ ।

कार्यक्रममा संखुवासभा आइडल २ का विजेता आवाज शेर्पा, सुरेन्द्र पुलामी र स्थानीय कलाकार साथै ओम डान्स स्टुडियो मादीका कलाकारहरुको प्रस्तुति रहने छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search