नुम । मकालु गाउँपालिकामा जारी अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको छैटौं खेलमा षढानन्द नगरपालिका विजयी भएको छ । चैनपुर नगरपालिकासँग भएको खेलमा षढानन्दले जित हात पारेको हो । चैनपुरलाई सोझो सेटमा हराउँदै षढानन्द विजयी भएको हो । यस अघि मंगलबार भएको खेलमा चैनपुरले सभापोखरीसँग हार व्यहोरेपछी उप विजेताको रुपमा आज षढानन्द नगरपालिकासँग प्रतिस्पर्धा गरेको हो । षढानन्द नगरपालिका आयोजक टिमलाई पराजित गर्दै क्वाटर फाइनल प्रवेश गरेको हो । जारी प्रतियोगितामा क्वाटर फाइनल अन्तर्गतको यो अन्तिम खेल हो ।
प्रतियोगितात्मक कार्यक्रम पौष १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम, द्धीतीय, तृतीय र सान्त्वनालाई क्रमश एक लाख ६० हजार, ९४ हजार, ४४ हजार र २२ हजार रहेको छ । १९ गते साँझ राष्टिय ख्यातिप्राप्त कलाकार मिलन नेवारको साथमा सांगितिक कार्यक्रम हुनेछ ।
कार्यक्रम द नर्थ वरुण युथ क्लव मकालु ५ ले आयोजना गरेको हो । कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो सांग्रिला, मञ्जुश्री अनलाइन र हेर्ने चित्रको फेसबुक पेजबाट भइरहेको छ ।