संखुवासभाको दुर्गम क्षेत्र भोटखोला गाउँपालिकामा सञ्चार सेवा अवरुद्ध भएको छ । दुई दिन अघिदेखि प्रतिकुल मौसमका कारण घाम नलागेसंगै वडा नं. ४ र २ को सिमाना स्थित लची डाँडामा रहेको नेपाल टेलिकमको टावरले काम गर्न छोडेको गाउँपालिका अध्यक्ष वङछेदर भोटेले बताउनु भयो । सोलारबाट सञ्चालनमा ल्याइएको टावर सौर्य उर्जा नमिलेपछी भोटखोलाबासी सञ्चार बिहिन बनेको हो । भोलीदेखि जेनेरेटर प्रयोग गरेरै भएपनि सञ्चार सेवा सञ्चालनमा ल्याउने प्रयास भइरहेको वहाँले बताउनु भयो ।
टेलिकमको टावर भरपर्दो नभएपछी भोटखोला ४ गोला बजारसम्म हालै परिक्षणमा आएको फाबरनेटलाई गाउँपालिकाको केन्द्र हटियासम्म विस्तार गर्ने योजना रहेको अध्यक्ष भोटेले बताउनु भयो । वाईपाईको सेवा प्रयोग गरी वहाँले भन्नु भयो, दुई दिन अघिदेखि गोला बजारमा नै रहेर वाईफाई सेवा दिगो हुन्छ की हुँदैन भनेर परिक्षण गरिरहेको छु, टेलिकमको विकल्पमा वाइफाई नै विस्तार गर्ने लक्ष्यमा पुगेँ । आगामी तीन महिना भित्रमा हटियासम्म फाइवरनेट सेवा विस्तार हुने बताउनु भयो । पोल गाडीसहिएकाले तार व्यवस्थापन चाँडै हुने वहाँको भनाई थियो ।