मकालु गाउँपालिकामा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न

संखुवासभाको मकालु गाउँपालिकामा युवा क्लब गठन तथा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । मकालु गाउँपालिकाका उपाध्यक्ष मनकला राईको अध्यक्षता र राष्ट्रिय युवा परिसद जिल्ला अध्यक्ष पासाङनिमा शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उद्घाटन तथा समापन कार्यक्रममा मकालु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी तथा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो । मकालु गाउँपालिकाको आयोजना तथा राष्ट्रिय युवा परिषदको समन्वयमा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको हो । माग १६ देखि सुरु भएको ४ दिबसिय तालिम १९ गते सम्पन्न भएको हो ।

तालिममा पालिकाका १६ देखि २४ बर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको थियो । प्रत्येक वडाबाट २ पुरुष र २ महिला गरि ४ जना सहित ३७ जनाको सहभागिता रहेको थियो । तालिमको सहजीकरण राष्ट्रिय युवा परिषदका केन्द्रिय प्रशिक्षक सन्ध्या लिङथेप राष्ट्रिय युवा परिसद जिल्ला अध्यक्ष पासाङनिमा शेर्पाले गर्नु भएको हो । सो अवसरमा युवाहरुले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय सरकार सञ्चालनको अभ्यास गराइएको प्रशिक्षक लिङथेपले जानकारी दिनु भयो । तालिम मकालु गाउँपालिकाको सभाहलमा सञ्चालन भएको हो ।

तालिम समापनपछि मकालु गाउँपालिकाकै आयोजनामा यूवाहरुलाई युवामैत्री स्थानीय शासनका लागि युवाको मुद्धामा बहस पैरवी कार्यक्रम पनि सञ्चालन भएको थियो । युवाको मुद्धामा बहस पैरवी कार्यक्रममा एक सय १४ जनाको उपस्थिती रहेको गाउँपालिका शिक्षा शाखा संयोजक पुष्प बहादुर तामाङले जानकारी दिनु भयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search