संखुवासभाको मकालु गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वडामा नै वितरण गर्न सुरु गरेको छ । जिल्लाकै विकट स्थानीय तह मध्ये एक रहेको मकालु गाउँपालिकाका स्थानीयलाई वडामा नै भत्ता वितरण गरिएको हो । घुम्ती शिविरको रुपमा सञ्चालन गरिएको भत्ता वितरण कार्यक्रममा मकालु गाउँपालिकाको केन्द्र नुमसम्म धाउनु पर्ने समस्याको समाधान भएको छ । एक/दुई दिन हिडेर नुम आउनु भन्दा आफ्नै वडामा भत्ता प्राप्त गर्दा सेवागा्रहीहरु खुशी भएका छन् ।
भत्ता वितरणका लागि सिद्धार्थ बैंकका कर्मचारी, जनप्रतिनिधि, सामाजिक सुरक्षा शाखाका कर्मचारीहरु भत्ता वितरण गर्न वडा पुगेका छन् । सोमबार वडा नं. १ ठाँगेमा ४६ जनाले सेवा लिएका थिए भने वडा नं. ६ मा ८६ जनाले सेवा लिएको वडाअध्यक्ष नरेन्द्र कुमार मेवाहाङले जानकारी दिनु भयो । मंगलबार (आज) वडा नं. २ मा शिविर सञ्चालन भइरहेको वहाँले बताउनु भयो । लामो समयको प्रयासपछी वडामा नै भत्ता वितरण गरिएको यो पहिलो पल्ट हो, वहाँले भन्नु भयो । २३, २४, २५ र २६ गते क्रमश वडा नं. ५, वडा नं. ४ र वडा नं. ३ मा भत्ता वितरण हुनेछ ।
भत्ता लिनका लागि सम्बन्धीत सेवाग्राहीले नागरिकताको प्रतिलिमि र भत्ता कार्ड अनिवार्य लिएर तोकीएको मितिमा वडा कार्यालयमा आउन आहवान गरिएको छ ।