मकालु गाउँपालिका शिक्षा शाखाद्वारा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत वडा नं. ५ अन्तर्गतका अन्तर आधारभुत विद्यालय (१–५) स्तरिय हाजिरीजवाफ प्रतियोगिता सम्पनन भएको छ । नुममा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयको ६३ औं वार्षिक उत्सवको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको शिक्षा शाखा प्रमुख पुष्प बहादुर तामाङले बताउनु भयो ।
प्रतियोगितामा ७ ओटा विधालयहरूबिच प्रतिस्पर्धा भएको थियो । जसमा अरूण भ्याल्ली इङ्लिस स्कुल प्रथम, बालसुधा आवि द्वितीय र सिंहेश्वरी मावि तृतीय भएको हो । यस्तै सांस्कृतिक ट्रयाक नृत्य प्रतियोगितातर्फ अरूण भ्याल्ली प्रथम, सिंहेश्वरी मावि द्वितीय, बालसुधा आवि तृतीय र आदर्श आवि सान्त्वना भएको थियो । विजेता विधार्थीहरूलाई कार्यक्रमको अध्यक्ष तथा पालिकाका उपाध्यक्ष मनकला राई , प्रमुख अतिथि पालिकाका निवर्तमान अध्यक्ष तेज बहादुर पोख्रेल साथै विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जीबाट पुरस्कृत गरिएको हो ।