ग्याबा तामाङ उत्थान संघ संखुवासभाको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । दल बहादुर ग्याबा तामाङको अध्यक्षतामा शनिबार चैनपुर नगरपालिका वडा नं ४ कोक्सास्थित रिग्जिन छ्योलिङ गुम्बा र स्वयम्भू सामाजिक संस्थाको सभा हलमा अधिवेशन सम्पनन भएको हो ।
नेपाल तामाङ लामा घेदुङ जिल्ला समन्वय समिति संखुवासभाका अध्यक्ष लामा ज्ञानु तामाङको प्रमुख अतिथ्यतामा भएको अधिवेशनले १५ सदस्यीय समिति चयन गरेको हो । अध्यक्षमा दलबहादुर ग्याबा तामाङ, उपाध्यक्षमा ज्ञान बहादुर ग्याबा तामाङ, सचिवमा अम्बर बहादुर ग्याबा तामाङ, सह–सचिवमा बद्री ग्याबा तामाङ र कोषाध्यक्षमा दुर्गा तामाङ चयन भएका हुन् ।
संघका केन्द्रीय सचिव काजी ग्याबा तामाङले संघको औचित्य र धारणा प्रस्तुत गरेका थिए । कार्यक्रममा धनबहादुर ग्याबा, अम्बर बहादुर ग्याबा, बद्री ग्याबा लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा जिल्ला भरिका ग्याबा तामाङहरूको उत्थानका निम्ति अक्षयकोष स्थापना, वंशावली प्रकाशन र कुल पुजाको विधिमा एक रुपता ल्याउने मुख्य एजेण्डा पारित भएको छ ।











