कासुवा खोला हाइड्रोपावर सरोकार समितिद्धारा सर्वपक्षीय सहमति सार्वजनिक

कासुवा खोला हाइड्रोपावर सरोकार समितिले सर्वपक्षीय सहमति सार्वजनिक गरेको छ । सोमबार मकालु गाउँपालिका वडा नं. २ को कार्यालय परिसरमा भएको आम भेलामा सहमतिका निर्णयहरुलाई सार्वजनिक गरिएको हो ।

गत ८० साल असार १३ गते मकालु गाउँपालिकाको कार्यालयमा बसेको सर्वपक्षीय छलफल बिना निष्कर्ष टुंगिए पनि गत चैत्र १३ गते बसेको छलफलमा महत्वपूर्ण १७ बुँदामा सहमती जुटेको थियो । सोही सहमतीलाई सोमबार सरोकार समितिले सार्वजनिक गरेको सरोकार समितिका अध्यक्ष नुर्वु शेर्पाले बताउनु भयो । सो सहमतिमा मकालु गाउँपालिका कार्यालय, वडा नं. २, सरोकार समिति र हाइड्रोपावर कम्पनीको सहभागिता रहेको छ ।

वडाअध्यक्ष छोपाल शेर्पाको प्रमुख आतिथ्यता तथा हाइड्रो कम्पनीका प्रतिनिधि, जनप्रतिनिधि, प्रभावित स्थानीय र सरोकारवालाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कासुवा खोलाबाट उत्पादन हुने ४५ मेगावाट क्षमताको हाइड्रो पावरले हाल स्थलगत प्रारम्भिक कार्य सुरु गरीसकेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search