संखुवासभा विकट हिमाली जिल्ला हो । यहाँको मकालु गाउँपालिकाको माङसीमा र सडेकमा गाउँमा केन्द्रीय बिद्युत प्रसारण लाईन जडान गरीने भएको छ । दुर्गम मकालुका यी गाउँहरुमा लामो समयदेखि ट्रान्सफर्मरको माग गरीदै आएको थियो । तर, ढुवानीको समस्याले गर्दा उनीहरुको माग पुरा हुन सकेको थिएन ।
सेभेनसमिट ट्रेकका प्रोपाईटर तथा समाजसेवी मिङ्मा शेर्पाको काठमाडौ देखि गएको हलीकोप्टर हेली एभरेष्टले नुमदेखि दुर्गमा बस्तीहरुमा निःशुल्क ट्रान्सफर्मर ढुवानी गरीदिएको मकालु गाउँपालिकाका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले जानकारी दिए । हिमाल आरोही तथा समाजसेवी लाक्पा शेर्पाले काठमाडौ देखि गएको हेलिकोप्टरले सडेकमामा एक सेट र माङसिमामा एक सेट सामान ढुवानी गरेको जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष शेर्पाले मकालुमा समाजसेवी मिङ्मा शेर्पाले बिभिन्न सामाजिक काम गर्दे आएको जानकारी दिए । निःशुल्क रुपमा ट्रान्सफर्मर ढुवानीमा समस्या भएको तर, समाजसेवी मिङमा शेर्पासंग दुर्गम बस्तीको समस्या अबगत गराएपछि निःशुल्क ढुवानी गरेर गाउँपालिका मात्र है, दुर्गम बस्तीका जनतालाईसमेत प्रत्यक्ष फाईदा पुगेको बताउनुभयो ।