खाँदबारी । रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश समिति पहिलो पटक गठन भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ तुम्लिङ्टारमा राजकुमार घिमिरेको अध्यक्षतामा रुद्राक्ष व्यवसायि संघ कोशी प्रदेश समिति गठन भएको नवगठित समितिका उपाध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । घिमिरेको अध्यक्षता १५ सदस्यीय समिति गठन भएको हो ।
कोशी प्रदेश समितिको उपाध्यक्षमा सुनिल श्रेष्ठ र रमेश बुढाथोकी, महासचिवमा सुरज गौतम, सचिवमा कमलबहादुर तिवारी, सहसचिवमा सुरेश श्रेष्ठ र कोषध्यक्षमा एकराज थापा चयन भएका छन् । समितिको सदस्यहरुमा धनबहादुर राई, राम राई, शिवकुमार श्रेष्ठ, भिम कार्की, विनय राई, नरेन्द्र तामाङ, दलेन्द्र राई र कृष्ण केसी रहेका छन् । संघका केन्द्रीय उपाध्यक्ष अगमसिङ राईको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । नव गठित समितिले इश्वर शर्मा बजगाई र मुकेश अधिकारीलाई समिति सदस्यमा मनोनित समेत गरेको छ । समिति गठनका लागि कोशी प्रदेशका विभिन्न रुद्राक्ष व्यवासयि प्रतिनिधिहरुको सहभागिता रहेको उपाध्यक्ष श्रेष्ठले जानकारी दिए । समिति गठन कार्यक्रममा रुद्राक्ष व्यवसायि संघ सङ्खुवासभाका निलमणि न्यौपाने, भोजपुर अध्यक्ष ध्रुव राई लगायतका रुद्राक्ष व्यवसायिहरुको उपस्थीति रहेके थियो ।
रुद्राक्ष व्यवसायिको व्यसायिक हक हित र रुद्राक्षको बजारीकरणका लागि लाग्ने नवगठित समितिका कोशी प्रदेश अध्यक्ष घिमिरेले बताए । प्रदेश स्तरमा रुद्राक्षको निति तथा कानुन निर्माणमा समेत समितिले पहल गर्ने उपाध्य श्रेष्ठको भनाई छ । रुद्राक्ष व्यापारका लागि उपयुत्त कानुन नहुँदा रुद्राक्ष व्यापारमा कानुनि बाधाअड्चनहरु रहेका छन् । रुद्राक्ष खरिदका लागि भारतिय र चिनिया व्यापारीहरु गाउँगााउँमा पुग्ने गरेका छन् । विदेशीहरु अधिकाम्स व्यापारीहरु विना अनुमति रुद्राक्षको व्यापार गर्दै आएको पाइन्छ ।