नेपाल राष्ट्रिय कर्मचारी संगठन सङ्खुवासभाद्धारा विज्ञप्ती जारी

संखुावासभा । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला कमिटि संखुावासभाले प्रेश विज्ञाप्ती जारी गरेको छ । नेपाल विद्युत प्राधिकरण खाँदबारी बितरण केन्द्र अन्र्तगतको मादि शाखामा कार्यरत फोरमेन राजकुमार राई र ओ.जे.टि मा खटिएका विद्यार्थी प्रदिप जिमी आक्रमण भएको भन्दै संगठनले आइतबार विज्ञप्ती जारी गरेको हो । उनीहरु माथि साउन १४ गते मादी ४ ओखरबोटे निबासी लक्ष्मण लिङ्थेप र हर्क लिङ्थेपले कार्यालय परिसरमा नै गालिगलौज गरि कुटपिट गरेका थिए ।

राष्ट्रको सच्चा इमान्दार राष्ट्र सेवाकहरु माथि गरिएको आवान्छनीय तथा अपराधिक ब्यवहारको भत्सर्ना गर्दै यस्ता घटनाहरुबाट कर्मचारीहरुको मनोबल कमजोर हुने र सेवा प्रवाहमा समेत असर पर्ने भएकाले घटनाको छानविन गरि दोषी उपर कारवाही गर्न माग गरिएको छ । संगठनका कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालयमा समेत विज्ञप्ती पेश गरेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search