दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गयो, ६ जना घाइते

काठमाण्डौ । दाङमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४६ वर्षीय यमबहादुर केसी रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ९डीएसपी० रामप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीकाअनुसार दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप हिजो बेलुका साढे ७ बजे शान्तिनगर गाउँपालिका–१ हाँडीचारमा अनियन्त्रित भएर पल्टिँदा दुर्घटना भएको हो ।

यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search