विदेश पठाउने भनेर झन्डै २ करोड रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक पक्राउ

काठमाण्डौ । विदेश पठाउने भनेर झन्डै दुई करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जना म्यानपावर सञ्चालकलाई पक्राउ गरेको छ ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बसुन्धारामा रहेको ओम इन्टरनेशनल प्रालीका सञ्चालक गुनेशकुमार ठाकुरलाई पक्राउ गरेको हो । सिरहाको करजन्हा नगरपालिका–६ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ बस्ने ठाकुरलाई इमाडोलबाट पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक ९एसपी० काजीकुमार आचार्यले बताउनुभयो ।

ठाकुरले रवीन्द्र सापकोटासँग साझेदारी गरेर ओम इन्टरनेशनल प्राली चलाइरहेका थिए । उनले यूएई, कतार, साउदी अरब, मलेसिया र कुवेत पठाउने भनेर युवाबाट रकम लिएको पाइएको एसपी आचार्यले बताउनुभयो ।

विदेश पठाउने भन्दै ठाकुरले ८५ जना युवाबाट एक करोड ९७ लाख १७ हजार रुपैयाँ ठगेको देखिएको प्रहरीले जनाएको छ । युवाबाट रकम उठाएपछि ठाकुर सम्पर्कविहीन भएका थिए । ठाकुरलाई थप अनुसन्धान र कारबाहीका लागि प्रहरीले आज वैदेशिक रोजगार विभागमा बुझाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search