भिजुअल फ्लाइट रुटु अनुसार नचल्दा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना स् प्राधिकरण

काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चालक दलको कमजोरीका कारण एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको जनाएको छ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको आजको बैठकमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले प्रारम्भिक प्रतिक्रिया दिँदै चालक दलको कमजोरीका कारण हेलिकप्टर दुर्घटनामा परेको बताउनुभएको हो ।

सिभिल एभिएशनको ‘भिजुअल फ्लाइट रुट’ ९भीएफआर० ले अनुमति नदिएको खराब मौसम अर्थात् बादल भएको ठाउँमा हेलिकप्टर प्रवेश गराउँदा दुर्घटना भएको प्राधिकरणको दाबी छ ।

महानिर्देशक अधिकारीले भीएफआरको अनुमति विपरीत हेलिकप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दलिल पेश गर्नुभयो । उहाँले ुभीफएआरु कै भरमा हेलिकप्टर उडाउन नमिल्ने नियम ल्याए पनि ुसोर्सफोर्सु का आधारमा नियम पालना गर्न नसकिएको बताउनुभयो ।

सांसदहरूले भने कसको दबाबमा पाइलटलाई भीएफआरकै भरमा हेलिकप्टर उडान भनिएको हो भन्दै जवाफ मागेका छन् । कतिपय सांसदले नेतृत्वकै गम्भीर लापर्बाही देखिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन् ।

सांसद धवलशम्शेर राणाले माहतका कर्मचारीलाई निलम्बन गरेर कारबाही गर्नुपर्ने बताउनुभयो । हेलिकप्टरलाई मर्मत गर्ने ठाउँसमेत दिन नसक्ने नेतृत्वबाट हवाई सुरक्षा नहुने भएकाले अधिकारीलाई निलम्बन गरेर छानबिन गर्नुपर्ने राणाको माग छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पनि नियामककै कमजोरीले हवाई दुर्घटना बढेको बताउँदै प्राधिकरणका महानिर्देशक अधिकारीमाथि कारबाही गर्ने प्रस्ताव पर्यटनमन्त्रीले ल्याउनुपर्ने बताउनुभयो ।

हिजो दिउँसो काठमाण्डौबाट रसुवाको स्याप्रुबेसीतर्फ उडेको एअर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका(७ सूर्यचौरमा दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search