मिलानो ब्याडमिण्टन क्लव ओमशान्ति टोलको आयोजनामा श्री कृष्ण जन्म अष्टमिको अवसर पारेर संखुवासभाको खाँदबारीमा ओम शान्ति कप ब्याडमिण्टन प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला भित्रका १६ जोडिको सहभागिता रहेको उक्त प्रतियोगितामा तिर्थ अधिकारी र देव श्रेष्ठको जोडिले प्रथम स्थान हाँसिल गरको थियो भने राज कुमार श्रेष्ठ र नवराज राई (काजी) को जोडीले द्दितिय स्थान हाँसिल गरेको थियो ।
ओम शान्ति टोल बिकास समतिका अध्यक्ष मित्र कुमार गुरुङ्गको सभापतित्वमा भएको कार्यक्रममा संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको प्रमुख आतिथि रहनुभएको थियो । श्रावण ३१ देखि भाद्र १ गते सम्म संचालन भएको प्रतियोगिताका प्रथम, दितिथ र सेमिफाईनलिष्ट दुई टिमलाई शिल्ड मेडल र प्रमाणपत्रद्वारा संम्मान गरिएको थियो ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय संखुवासभामा रहेको ब्याडमिण्टन कोड निर्माणका लागि निर्माण समिति अध्यक्षका रुपमा महत्वपुर्ण भुमिका निर्वाह निर्वाह गर्नूहुने खाँदबारी १ का मेनुका श्रेष्ठ, भेट्रान्स उमेर समुहबाट वडा नगर जिल्ला प्रदेश हुँदै राष्ट्रियस्तर सम्म उत्कृष्ट प्रदर्शन गर्नूहुने खेलाडीद्वय अम्मर बिष्ट र मोहन कटुवाललाई दोसल्ला सहित सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।
ओमशान्ति टोलका अभिभावक तथा ब्याडमिन्टन खेलाडी हिमालय पोखरेलले संचालन गर्नूभएको कार्यक्रमलाई सम्बोधन गर्दै संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले पछिल्लो समय संखुवासभामा ब्याडमिण्टन खेलको बिकास तिब्ररुपले भैरहेको र यो खेलमार्फत संखुवासभामा राष्ट्रिय खेलाडीहरु समेत उत्पादन भैसकेकाले आगामी दिनमा ब्याढमिण्टन खेलले संखुवासभालाई राष्ट्रिय स्तरमा चिनाउन सक्ने संभावना रहेको धारणा राख्नुभएको थियो । उक्त प्रतियोगिता जिल्ला पशुसेवा बिज्ञ कार्यालयको ब्याडमिण्टन कोडमा सम्पन्न भएको खेल संयोजक जीवन राईले जानकारी दिनुभयो ।











