परराष्ट्रमन्त्री राणाले दिल्लीको खान मार्केट पुगेर किनिन् पुस्तक

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला भारतको औपचारिक भ्रमणमा रहेकी छिन् । ४ दिने भारत भ्रमणका क्रममा उनी आइतबार नै दिल्ली पुगेकी हुन् । आइतबार बेलुकी उनी दिल्लीको चर्चित बजार खान मार्केटसमेत पुगेकी छिन् ।
खान मार्केटमा रहेको चर्चित पुस्तक पसल ुबाहरी सन्सु पुगेर परराष्ट्रमन्त्री राणाले केही पुस्तक किनेकी छिन् । बाहरी सन्सु दिल्लीकै चर्चित पुस्तक पसल मानिन्छ, जहाँ पाठक मात्र होइन, बेला-बेला लेखकहरूसमेत जमघट गर्छन् र आफ्ना पुस्तकमा हस्ताक्षर गर्छन् ।

दिल्ली पुगेपछि नेपाली दूतावासमा केही समय बिताएपछि राणा पुस्तक पसलमा गएकी थिइन् । नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापा पनि साथमा थिए ।

परराष्ट्रमन्त्री राणाले नयाँ र पुराना पुस्तकहरू किनेको दूतावासका अधिकारीले जनाएका छन् । राणाकै आग्रह अनुसार दूतावासका अधिकारीहरुले पुस्तक पसलमा लगेका थिए । नेपालमा केही समयअघि जापानकी परराष्ट्रमन्त्रीले नेपालको भ्रमण गर्दा काठमाडौंको जमलस्थित मण्डला पुस्तक पसलमा गएकी थिइन् ।

राणाले सोमबार पहिला भारतीय विदेशमन्त्री एस जयशंकर भेटवार्ता गर्ने छिन् भने त्यसपछि बेलुकी प्रधानमन्त्री नरेन्द्र मोदीँसग शिष्टाचार भेटवार्ता छिन् । भारतका विदेशमन्त्री जयशंकरको निमन्त्रणामा दिल्ली गएकी राणाको परराष्ट्रमन्त्रीका रूपमा पहिलो विदेश भ्रमण हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search