आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

काठमाण्डौ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको छ । अस्ति आइतवार तीन हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५२ हजार ६ सय रुपैयाँ भएको सुनको भाउ आज एक सय रुपैयाँले घटेर तोलाको एक लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको भाउ भने बढेको छ । चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको एक हजार आठ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search