प्रधानमन्त्री ओलीले सांसदहरूका प्रश्नको जवाफ दिँदै

काठमाण्डौ । प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले आज पहिलो पटक सांसदहरूका प्रश्नको जवाफ दिँदै हुनुहन्छ । उहाँले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले लिखित रूपमा सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

गएको असार तेस्रो हप्ता कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि ओलीले सरकारको काम, कारबाही र अन्य विषयमा केन्द्रित भएर आज सम्बोधन गर्न लाग्नुभएको हो ।

पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछि संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो । त्यसकै निरन्तरता दिँदै आज संसद्मा सांसद –प्रधानमन्त्री प्रश्नोत्तर हुन लागेको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search