शिलान्यासको ६ वर्ष पुगे पनि नवलपरासीको नमुना सदरमुकाम निर्माण अलपत्र

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना सदरमुकाम निर्माण अलपत्र बनेको छ । कावासोती नगरपालिका–३ मा नमुना सदरमुकाम निर्माण हुने क्षेत्रमा रहेका रुख कटान नहुँदा काम अगाडि बढ्न नसकेको हो ।

आयोजना सम्पन्न गर्ने जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले निर्माण अघि बढाउनुअघि रुख कटानको आदेश पर्खिरहेको कार्यालयका इन्जिनियर द्रोण कट्वालले बताउनुभयो ।

नवलपुरको सदरमुकाम निर्माणका लागि एक सय ८४ बिघा जग्गा सरकारको नाममा ल्याइएको छ । यो जग्गामा सङ्घ र प्रदेशका सबै कार्यालय निर्माण गर्ने योजनाका साथ वि।सं। २०७६ वैशाख ७ गते नमुना सदरमुकामको शिलान्यास गरिएको थियो । शिलान्यास भएको ६ वर्षको अन्तरालमा बल्ल भवन निर्माणको काम अघि बढ्न थालेको छ । आयोजनाको लागत १६ अर्ब २५ करोड ५३ लाख ९० हजार रुपैयाँ रहेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search