काठमाण्डौ । एन्फा महिला लिग फुटबलअन्तर्गत आजको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपीएफले आर्मीलाई २–१ गोलले हराएको हो ।
एपीएफको लागि सविता रानामगर र गीता रानाले एकरएक गोल गरे । आर्मीकी बिमला चौधरीले एक गोल फर्काइन् ।
अखिल नेपाल फुटबल संघ ९एन्फा० को आयोजनामा भइरहेको लिगमा तीन विभागीय टोली, ुएु, ुबीु र ुसीु डिभिजनका दुई क्लब, दुई नगरपालिका र तीन वटा प्रदेश गरी १० टोली सहभागि छन् ।











