जाजरकोटमा पहिरोले पुरिएर वडासदस्यसहित २ जना बेपत्ता

सुर्खेत। जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयास भइरहेको छ । तर, सफल नभएको उनले बताए ।

चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search