मकालु २ मा राष्ट्रिय परिचय पत्र निर्माणका लागि घुम्ती टोली आउने

संखुवासभाको मकालु गाउँपालिका वडा नं. २ का स्थानीयलाई राष्ट्रिय परिचयपत्र वडामा नै उपलब्ध गराइने भएको छ । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीरुको लागि वडामै राष्ट्रिय परिचय पत्र उपलब्ध गराउन घुम्ती टोली मंगलबार वडामा जाने भएको हो ।

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई लक्षित गरि राष्ट्रिय परिचय पत्र निर्माणको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालय संखुवासभाबाट राष्ट्रिय परिचय पत्र निर्माणका लागि घुम्ती टोली वडामा आउने भएकाले सबै लाभग्राहीहरुलाई सेवा लिन वडा अध्यक्ष छोपाल शेर्पाले अनुरोध गर्नु भएको छ ।
राष्ट्रिय परिचय पत्र बनाउन आउँदा सक्कल नेपाली नागरिकता, विधुवाको लागि विवाह दर्ता, पतिको मृत्यू दर्ता त्यसैगरि अपाङ्गताको लागि जन्म दर्ता र बुवाआमाको नागरिकता लिएर आउनु पर्नेछ ।

उक्त सेवा मंगलबार बिहान ९ बजेबाट वडा नं. २ को कार्यालय सेदुवामा हुनेछ । सामाजिक सुरक्षा भत्ता प्राप्तका लागि आगामी किस्ताबाट राष्ट्रिय परिचय पत्र अनिवार्य रहेको छ । राष्ट्रिय परिचय पत्र नभएको खण्डमा लाभग्राहीहरुको नाम स्वतः कट्टा हुने जनाइएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search