काठमाण्डौ । राष्ट्रियसभाले चालू १६औं अधिवेशनमा १२ वटा विधेयक पारित गरी प्रतिनिधिसभामा पठाएको छ ।
त्यसमध्ये दुवै सदनबाट पारित भई प्रमाणीकरण समेत भइसकेका विधेयकमा अभिलेख संरक्षण ९पहिलो संशोधन० विधेयक २०७७, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ र सुरक्षण मुद्रणसम्बन्धी विधेयक २०७७ छन् ।
त्यस्तै बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ९तेस्रो संशोधन० विधेयक २०७९, विनियोजन विधेयक २०८१, आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१, भन्सार महसुल विधेयक २०८१ र लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१ ९अध्यादेश प्रतिस्थापन० रहेका छन् ।
अहिले मिडिया काउन्सिल विधेयक २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयक २०८१, तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक २०८१ र नेपाल कानून व्यवसायी परिषद् ९दोस्रो संशोधन० विधेयक २०८१ राष्ट्रियसभा मातहतको विधायन व्यवस्थापन समितिमा विचाराधीन अवस्थामा छ ।
नेपाल विश्वविद्यालय विधेयक २०७९ र सार्वजनिक सेवा प्रसारण विधेयक २०७७ दुवै सदनबाट पारित भए पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुने क्रममा छ । सभाबाट सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक पनि प्रतिनिधिसभामा पठाइएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले गएको वैशाख २८ देखि प्रारम्भ भएको अधिवेशनका क्रममा ४० वटा बैठक बसेको जानकारी दिनुभयो ।
यस अवधिमा सवारी दुर्घटना न्यूनीकरण गर्नेसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथि सभामा छलफल भई सर्वसम्मतिले स्वीकृत भयो ।
अधिवेशनकै क्रममा प्रधानमन्त्रीरमन्त्रीहरूसँग प्रश्नोत्तर कार्यक्रम शुरू भएको तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट एक लिखित र आठ मौखिक अधिवेशनका क्रममा जवाफ प्राप्त भएको बैठकलाई जानकारी दिइयो ।
राष्ट्रियसभाले यस अवधिमा हरेक दिन अनिवार्य रूपमा राख्ने शून्य समय कार्यको थालनी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि चालू अधिवेशन अन्त्य गरिसक्नुभएको छ ।