काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को केन्द्रीय परिषद्को राष्ट्रिय भेला शुरू भएको छ । आज र भोलि काठमाण्डौको प्रज्ञा भवन कमलादीमा हुने भेलामा देशभरबाट एक हजार पाँच सय जना प्रतिनिधि सहभागी हुँदैछन् । भेलामा आज विभिन्न प्रतिवेदन र प्रस्तावमा छलफल हुनेछ ।
आज पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदन पेश गरिनेछ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरशिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ ।
भोलिको कार्यसूचीमा प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावमाथि समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने बेलुका सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र ठाउँ घोषणा गर्दै भेला भोलि सकिनेछ ।