वार्षिक स्वास्थ्य प्रगति मूल्यांनमा मकालु गाँउपालिका द्वितीय

आर्थिक बर्ष २०८०/८१ को स्वास्थ्यका कार्यक्रमहरुको बार्षिक समिक्षा प्रगति मूल्याङन गर्दा मकालु गाउँपालिका दितीय भएको छ । संखुवासभा जिल्लाको दश वटा स्थानीय तह मध्ये मकालु गाँउपालिका द्वितीय भएको हो ।

शनिबार र आईतबार स्वास्थ्य कार्यालय संखुवासभाले आव २०८०/८१ मा सम्पादित स्वास्थ्यका कार्यक्रमहरुको जिल्ला स्तरीय बार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठि कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममार्फत मुल्यांकनका आधारमा मकालु गाउँपालिका दोस्रो भएको स्वास्थ्या शाखा प्रमुख छिङदोर्जी लामाले जानकारी दिनु भयो । दोस्रो भएको मकालु गाउँपालिकालाई प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

यस्तै शिलिचोङ गाउँपालिका तेस्रो भएको छ भने खाँदबारी नगरपालिका प्रथम भएको छ । कार्यक्रममा स्वास्थ्य निर्देशनालय कोशि प्रदेशका निर्देशक ज्ञान बहादरु बस्नेतसहितको उपस्थिती रहेको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search