काठमाण्डौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मुख्य चाडपर्व दशैँ, तिहार र छठलाई लक्षित गरेर जहाजको नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले उडानलाई प्रभावकारी बनाएर यात्रुलाई सहज सेवा दिने उद्देश्यले २४ घण्टाभित्र ६० दिने कार्ययोजना पेसगरी काम गर्न विभागीय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलका अनुसार जहाजको नियमित उडानको कार्ययोजना ल्याउन र अत्यावश्यकबाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कसैलाई पनि नजानरनपठाउन निर्देशन भएको छ ।