काठमाण्डौ । बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले गएको वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेका छ । संविधान दिवसको अवसरमा हेटौँडा आयोजित कार्यक्रममा काठमाण्डौ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।
बाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिंह लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाण्डौ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अङ्क ल्याएबापत नगद २०, १५ र १० हजार रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
यस्तै, युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ ।