काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव तथा पुर्वकप्तान पारस खड्काले लेजेन्ड्स लिग २०२४ नखेल्ने भएका छन् । लेजेन्ड्स शुक्रबारदेखि राजस्थानको जोधपुरमा सुरु भएको छ ।
पारसलाई अक्सनमा गुजरातले १२ लाख ५ हजार भारतीय रुपैयाँमा किनेको थियो । तर पारसले व्यक्तिगत कारणले उक्त लिग खेल्न जान नपाउने भएका छन् ।
‘म लेजेन्ड्स लिग खेल्न जान भ्याउँदिन । अहिले क्यान र प्रदेशको वार्षिक साधरण सभा तथा नेपाल प्रिमियर लिग९एनपीएल० मा ब्यस्त छु’, पारसले अनलाइनखबरसँग भने ।
पारस आवद्ध गुजरातमा वेस्ट इन्ण्डिजका क्रिस गेल, भारतीय शिखर धवन, मोहम्मद कैफ, श्रीशान्त, वेष्ट इण्डिजका लेन्डन सिमन्स र इंग्ल्यान्डका लियाम प्लेन्केट जस्ता खेलाडी छन् ।
क्यानको वार्षिक साधरण सभा असोज ११ र १२ गते पोखरामा हुँदैछ । जिल्ला र प्रदेशको साधारण सभा निरन्तर जारीछ । नेपाल प्रिमियर लिग ९एनपीएल० को अक्सन भने दशैंअघि गर्ने तयारी भइराखेको छ ।