काठमाण्डौ । १७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग खेल्दै छ । भुटानको थिम्पुमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ ।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गोलले पराजित भएको थियो । नेपाललाई सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने हुन्छ । श्रीलङ्का पनि पहिलो खेलमा घरेलु टोलीसँग ५–१ गोलले पराजित भएको थियो ।
यही सेप्टेम्बर २० देखि शुरू भएको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ । च्याम्पियनशिपको समूह ुबीु मा नेपालसँगै घरेलु टोली भुटान, श्रीलङ्का र पाकिस्तान रहेका छन् । यस्तै समूह ुएु मा भारत, माल्दिभ्स र बङ्गलादेश रहेका छन् ।