काठमाण्डौ । नेपालकै ठूलो चेन हस्पिटालिटी ब्रान्ड सिद्धार्थ हस्पिटालिटीका दुई वटा होटलले साउथ एसियन ट्राभल अवार्ड्स ९साटा० २०२४ प्राप्त गरेका छन् ।
सिद्धार्थ अन्तर्गत काठमाण्डौको बौद्धमा सञ्चालनमा रहेको सिद्धार्थ बुटिक होटलले लिडिङ बुटिक होटलररिसोर्टका रूपमा साटा अवार्ड पाएको हो । यस्तै चितवनको चुम्लिङटारमा पृथ्वी राजमार्गसँगै त्रिशूली नदी किनारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टले लिडिङ रिभरफ्रन्ट होटलररिसोर्टका रूपमा अवार्ड पाएको हो । हस्पिटालिटीका जनशक्तिको अथक मेहनतका कारण यो महत्त्वपूर्ण अवार्ड प्राप्त भएको हस्पिटालिटीका क्षेत्रीय कार्यकारी निर्देशक कृष्ण भण्डारीले बताउनुभएको छ ।
साटाका संस्करणहरू दक्षिण एशियाका विभिन्न शहरमा आयोजना हुँदै आएको छ । यस पटकको आठौं संस्करण होटल एसोसिएसन अफ नेपाल ९हान० को सहकार्यमा नेपालमा सम्पन्न भएको हो । दक्षिण एशियाका आतिथ्य क्षेत्रमा यो अवार्ड प्रतिष्ठित मानिन्छ । हरेक वर्ष साटाले पर्यटन क्षेत्रमा योगदान दिने विभिन्न होटल तथा संस्थाहरूलाई अवार्ड प्रदान गर्दै आएको छ ।
सिद्धार्थ हस्टिपालिटी अन्तर्गत पाँच तारे स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव र तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्रान्डका होटलहरू सञ्चालनमा छन् । जसमध्ये साटा अवार्ड प्राप्त गर्ने दुई वटा होटल सिद्धार्थ वैभव अन्तर्गतको ब्रान्डमा पर्दछन् ।