संखुवासभामा आँखा अस्पताललाई ५० लाख सहयोग

संखुवासभा । खाँदबारीका एक समाजसेवी परिवारले समुदायले संचालन गरिरहेको तेजरत्न आँखा उपचार केन्द्रलाई ५० लाख रुपैयाँ नगद सहयोग गरेका छन् ।

दिवंगत भएका बाबुआमाको नाममा खाँदबारीका सोहनकुमार श्रेष्ठका ५ दाजुभाईले आइतबार एक कार्यक्रमबीच आँखा उपचार केन्द्रलाई ५० लाखको चेक हस्तान्तरण गरे ।

दाताहरूले यो रकम गरिव, असहाय, दलित र विपन्न बर्गको उपचारमा खर्च गर्ने गरी सहयोग गरेका हुन् । नेपाल नेत्र ज्याति संघका अध्यक्ष अनन्तकुमार गौलीले दानाबाट प्राप्त रकमलाई अक्षयकोषका रुपमा राख्ने र त्यहाँबाट आएको व्याजले उपचार गर्न नसक्ने आखा रोगीको उपचार गर्ने बताए ।

तेजरत्न आँखा उपचार केन्द्रमा वार्षिक करिब ४ हजार आँखाका रोगी उपचारका लागि आउने गर्छन् । ४ सय बढीको वार्षिक रुपमा मोतिया विन्दुको निस्शुल्क शल्यक्रिया गर्ने गरिएको छ । यसअघि श्रेष्ठ परिवारले तेजरत्न आँखा अस्पताल निर्माणका लागि करिव ६ रोपनी बढी जग्गा निस्शुल्क दान गरेका थिए ।

आँखा उपचार केन्द्रले कानको समेत सेवा दिँदै आएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search